काँकडभिट्टा । जिल्ला प्रहरी कार्यालय झापाले ठुलाे परिमाणमा लागू औषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेकाे छ । प्रहरीले बिषेश सुचनाका आधारमा एक भारतीयसहित तीनजनालाई पक्राउ गरेकाे जनाएकाे छ । 

पक्राउ पर्नेमा भारतको वेष्ट बंगाल दार्जिलिङ प्रान्त थानादुलालज्वत बस्ने एमडी भनिने माेहमद अनवर हुसेन, अर्जुनधारा नगरपालिका-८ झापा बस्ने अर्जुन श्रेष्ठ र भद्रपुर नगरपािलका-३ नयाँ बस्ती बस्ने सबिता भनिने दाेमासी राजबंशी रहेका छन् । उनीहरु तीनैजनालाई गएराती मेचीपुलबाट नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीले उनीहरुकाे साथबाट २०७ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद २० हजार रुपै‌याँ बरामद गरेकाे जनाएकाे छ । लागु-औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।