बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्वब थापामाथि शनिवार झापामा कुटपिट भएको छ। 

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कन्काई नगरपालिकाको जामुनखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा सामान्य घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने केही व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।