बिर्तामोड । झापाको मेचीनगर नगरपालिका-१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ ।
जिल्ला बन कार्यालयको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।
डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राई, मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी लगायतको उपस्थितिमा बनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको बताईएको छ ।
बनक्षेत्रमा निर्माण गरिएका संरचना हटाउन बन कार्यालयले पटकपटक अनुरोध गर्दासमेत उनीहरूअटेर गरेर बसेका थिए । पछिल्लो समय ३५ दिने सुचना प्रकाशन गरेर हट्न भनेपनि प्रगति नमुना सामुदायिक बनको त्यस स्थानमा बसोवास गर्दै आएकाहरुले अटेर गरेका थिए । सुरक्षा बलको सहयोगमा अहिलेदेखि उनीहरूलाई हटाउन थालिएको डिभिजन बन कार्यालय झापाका प्रमुख राईले जानकारी दिए ।