अर्जुनधारा । झापाको अर्जुनधारा-७ मा रहेको एक क्रसरमा टिपरले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ । 

कम्पनीबाट बिदा भएर घर जान लागेका जेसिवी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी-२ मा रहेको घर जान लागेका २४ बर्षका मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लमगेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा-७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो ।

किस्कुको घरमा सोमबार पुजा आयोजना गरिएको बताइएको छ। पुजामा जानका लागि साथिको मोटरसाइकल लिएर घर जान लागेका उनलाई लोड भएको टिपरले किचेको हो । 

दुई बर्ष अगाडि सोही स्थानको अर्को क्रसरमा टिपरले किचेर एक कर्मचारीको मृत्यु भएको थियो ।