झापा । लिम्बुवान आन्दोलनका क्रममा मृत्यु भएका मनिल तामाङको सालिक निर्माण हुने भएको छ । धुलाबारी क्याम्पस हाताभित्र तामाङको सालिक शिलान्यास भएको हो ।
२०६५ चैत्र ६ गते सोही क्याम्पस अगाडि आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तामाङको मृत्यु भएको थियो । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान प्रन्तिय मन्चका बरिस्ठ उपाध्यक्ष ज्ञानु ईम्बुङ, तामाङका बुवा भरत तामाङले सालिक शिलान्यास गरेका हुन् ।
पूर्ण समानुपातिक, ब्यबहारिक शिक्षा लागू गर्नको निम्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियन लगायत लिम्बुवान संगठनहरुले घोषणा गरेको आन्दोलनमा उनलाई गोली लागेको थियो ।
कार्यक्रममा पार्टी महासचिब धनराज सुब्बा, उपमहासचिब काजीमान ओक्राबो, दिलु लिङ्देन लावती, सचिब श्याम मादेन, टक माङ्लाक, अर्थ सचिब लासाङ निङ्लेखु,झापा महिला मन्च अध्यक्ष अमृता थाम्सुहाङ, जिल्ला सदस्य बिजय फोम्बो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन शालिक निर्माण समितिको सचिब पुर्ण सुहाङले गरेका थिए । संघीय लिम्बुवान प्रन्तिय मन्च झापा जिल्ला अध्यक्ष/निमार्ण समिती अध्यक्ष राजा आङ्थुपोको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।