बिर्तामोड । कन्काई माई खोलामा बगाएर तस्करी गर्दै गरेको अवस्थामा ६० क्यु फिट चिरान काठ बरामद भएको छ ।

गएराति ११ बजे शिवसताक्षी नगरपालिका– १० दोमुखाबाट प्रहरीले काठ बरामद गरेको हो । ट्युबमा बाँधेर काठ बगाएर ल्याउँदै गरेको अबस्थामा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिबाट खटिएको संयुक्त गस्ती टोलीले काठ बरामद गरेको छ ।

गस्ती  टोलीलाई देख्नासाथ काठ तस्करहरु काठ छाडेर फरार भएका थिए ।

अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको काठ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।