बिर्तामाेड । लागूऔषध ब्राउन सुगरसहित अर्जुनधाराका दुईजना मेचीनगरमा पक्राउ परेका छन् । प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गर्दा गौरादह नगरपालिका-९ घर भई अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने दिलिप कुमार गिरी र साेही स्थानमा बस्ने सुरज राईलाई पक्राउ गरेकाे हाे ।
उनीहरुकाे साथबाट १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर फेला परेकाे प्रहरीले जनाएकाे छ । लागुऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।