बिर्तामोड । बिर्तामोडबाट बिरामी लिएर बिराटनगर जाँदै गरेको एम्बुलेन्स झापाको दमकमा बुधबार राती दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बिर्तामोडको मनमोहन अस्पतालबाट बिरामी लिएर बिराटनगर जाँदै गरेको प्र-०१-००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घठनामा झापाकोअर्जुनधारा नगरपालिका-१० बस्ने बर्ष अन्दाजी २० को बिशाल लिम्बु, बर्ष अन्दाजी १९ की आरजु राई, बर्ष ५१ की मिना लिम्बु, बर्ष २१ को अन्जेश लिम्बु, बर्ष २३ की बर्षा लिम्बु र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-५ बस्ने बर्ष ३५ को कमल अधिकारी घाइते भएका छन् । घाइते मध्ये अर्जुनधारा-१० का आरजु राईको अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले घाइतेहरुको उद्वार गरी निम्स अस्पताल दमकमा सामान्य उपचार गरेर थप उपचारका लागि बिर्तामोड पठाएको जनाएको छ ।