बिर्तामोड । झापाको कनकाई नगरपालिका-२ मा सञ्चाालित हेप्पी ल्याण्ड फन पार्कमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
आज अपराह्न फनपार्कमा बिद्युत मर्मत गर्ने क्रममा शिवसताक्षी नगरपालिका-९ का ४५ बर्षिय सन्तोष लिम्बुको मृत्यु भएको हो ।
सो पार्कमा बिजुली मर्मतको काम गर्ने लिम्बुलाई आज अन्दाजी साढे ४ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर भएका उनलाई उपचारका लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए।