झापा । फुङलिङ नगरपालिका - १०, को सेवारो चोक छेउमा करेन्ट लागेर बुलेरो ट्याक्सीमा सवार ४ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान फुङलिङ बजारबाट मन्दिर दर्शन गर्न जाने क्रममा उक्त स्थानमा दुर्घटना भई ४ जनाकोे मृत्यु भएको र बाँकी २ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

सडकमा बिजुलीको तार लत्रीएको र तारले गाडीको हुटमा छोएर आगलागी हुँदा मे १ च ३०११ नम्बरको गाडी पूर्ण रुपमा जलेको हो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका -१० का चालक समेत रहेका ४२ बर्षीय दुर्गा भट्टराई, ललितपुर महानगरापालिका -१० का १६ बर्षीया आध्या आर्चाय, भद्रपुर नगरपालिका -१५ का ७० बर्षीया बिनोद पौडेल, उनकी श्रीमती ६९ बर्षीया सरिता पौडेलको मुत्यु भएको हो । यस्तै ललितपुर महानगरापालिका १० का ४५ बर्षीया सबिना आर्चायको र उनका १० बर्षीया छोरा भबिमय आर्चायको गम्भिर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी रहेको बताइएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रबि रावलको नेतृत्वमा १५ जनाको टोली परिचालित रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।