बिर्तामोड । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ फुङलिङका अध्यक्षमाथी खुकुरी प्रहार भएको छ ।
ताप्लेजुङ्गको फुङलिङ-४ तोक्मे डाँडामा मोटरसाइकल रोकेर अध्यक्ष सन्तोष लिम्बुमाथि खुकुरी प्रहार भएको हो । सोही स्थानका अशोक लिम्बू र सुरज लिम्बूले अध्यक्ष लिम्बूमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार पश्चात् थप उपचारको लागि बिर्तामोड ल्यनइएको छ । घटनामा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।