झापा । मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ ।
गएराति मोरङ रतुवामाई नगरपालिका-३ मिर्चाडाँगी बस्ने निरजकुमार सिंहको विवाहमा माइक बाँसमा बाँधेकोमा अचानक आएको हावाहुरीले माइक बाँधेको बाँस ढल्न गई हाइटेन्सन लाइनमा छुदा उनीहरुलाई करेन्ट लागेको थियो ।
घटनामा ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि रंगेली अस्पताल रंगेलीमा लगिएकोमा उपचारको क्रममा राति १० बजे दुबै जनाको मृत्यु भएको थियो ।
त्यस्तै सोही ठाउँ बस्ने ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन् । उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।