बिर्तामोड । गएराती आएको हावा हुण्डरीले घर भत्काउँदा हल्दीबारीमा एकजनाको मृत्यु भएको छ ।

राती अन्दाजी १२ बजे चलेको हावा हुण्डरीले घर भत्काउँदा हल्दीबारी-५ त्रिवेणी चोकका ६५ बर्षका मानबहादुर मगरको मृत्यु भएको हो ।

हावा हुण्डरीले घर भत्किदा घरको बिमले थिचिरहेको अवस्थामा उनलाई स्थानीयले उद्दार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए । प्रहरीले अहिले घटनाको मुचुल्का उठाउने कार्य गरिरहेको जनाएको छ ।