बिर्तामोड । धाराको पानी खाएर मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका १७ जना विद्यार्थी बिरामी भएका छन् ।
आज दिउँसो २ बजे बाह्रदशी गाउँपालिका वडा न।६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही बिद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर बिरामी भएका छन् । बिरामी विद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तामोडमा ल्याएर उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
विरामी हुने विद्यार्थीहरुमा सुमित्रा किस्कु, रेवन बिक, प्रनिसा अधिकारी, खुस्बु बर्देवा, सुप्रिया सुन्दास, सेन्जे हाङमा शर्मा, मनिता गजुरेल, बिना रिजाल, आदित्य ढकाल, अरबिदा राई रहेका छन् ।
यसैगरी सुशान्त कार्की, प्रनिशा कार्की, सृष्टी मावो, ग्रीष्मा साह, अनुसा भुजेल, ईसिका भुजेल र बर्षा लिम्बु बिरामी भएका छन् । बिरामी हुने सम्पुर्ण बिद्यार्थीहरु ८ देखि ११ बर्षका छन्।