बिर्तामोड । झापाको कमल गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरिक्षक(सई)को मृत्यु भएको छ ।

हिजो साँझ अन्दाजी ८ बजे कमल-३ सानो केर्खा स्थित पुर्व पश्चिम लोकमार्गमा भएको दुर्घटनामा सशस्त्र प्रहरीका सई पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

बिर्तामोडबाट केर्खा तर्फ जाँदै गरेको प्र.१-०२-००५२ प. ७०२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट प‍ोष्ट समालबुङमा कार्यरत बर्ष ४८ का राजवंशी गम्भीर घाइते भएका थिए ।

कानेपोखरी गाउपालिका-४ घर भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित अस्पताल लगिएको थियो । उपचारका क्रममा राजवंशीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।