भद्रपुर । हात्तीबाट बाली जोगाउन थापेको बिद्युतीय धरापमा परेर आज बिहान झापाको कचनकवलमा एक बृद्वको मृत्यु भएको छ ।
कचनकवल-७ कोनाबारीका अन्दाजी बर्ष ६५ को किर्खनाथ खनालको बिद्युतीय धरापमा परेर मृत्यु भएको हो ।
खेतबारीमा बाख्रा बाध्न जाने क्रममा जंगली हाती बाट जोगाउनका लागि आफुले लगाएको खेतवारी वरिपरिको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।