बिर्तामोड । झापाका महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृहको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन भएकी छन् । आज बिर्तामोडमा सम्पन्न छैटौँ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन गरेको हो।

नव-निर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन भएका हुन् । 

त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनिता गौतम, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जीता खड्का चयन भएका छन्।

यसैबीच, नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा जम्मा रकम ५१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अक्षयकोष पत्रकार महिलाहरूको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि स्थापना गरिएको हो।