बिर्तामोड । झापाको बिर्तामोडस्थित बसपार्कमा रहेको फर्निचर उद्योगमा गएराती आगलागी हुँदा १२ लाख रुपैया बराबरको क्षति भएको छ ।
अर्जुनधारा नगरपालिका-११ मा रहेको बसपार्कमा मोतीबहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट फर्निचर उद्योगमा रहेको काठ चिर्ने मेसिन-१थान र काठपातहरु पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट १२ लाख रुपैयाँको क्षति भएको छ । उक्त आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।