बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।
स्थााीय फक्तालुङ टोलका ५९ वर्षीय लोकप्रसाद लिम्बुको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो।
आज बिहान ३:३० बजेतिर शौचालय जान गएका लिम्बुलाई हात्तीले आक्रमण गरेको थियो l लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।