बिर्तामोड । झापाको अर्जुनधारामा महिलाको एक समुहको सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक डेरा गरी बस्ने २२ वर्षीया गंगा रार्ई रहेकी छन् ।

उनलाई गएराति भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठे घर भई अर्जुनधारा-८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् ।

उनको साथमा सोही ठाउँ बस्ने मैया श्रेष्ठ, बबिता बिक, मेनुका पाँचकोटे र नर्बदा सुन्दास गएको बताइएको छ।

घाइतेलाई शंकर अस्पताल शनिश्चरे लगि सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

प्रहरीले कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ । आफ्ना श्रीमान् रमेश भुसाल गंगा रार्ईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको जनाइएको छ ।