बिर्तामोड । नेपाल हर्ट फाउण्डेसनको आयोजनामा झापामा मुटुरोगका बरिष्ट बिशेषज्ञसँग अन्तर्क्रिया आयोजना हुने भएको छ ।

हर्ट फाउण्डेसन झापाको आयोजना तथा रोटरी, रोट्याक्ट क्लब बिर्तामोड र सुरुङगाको सहयोगमा मुटु रोगका बरिष्ट बिशेषज्ञ राजेन्द्र कोजुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो ।

आगामी साउन १७ गते शनिबार चारपानेको सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका जिल्ला अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

अन्तर्क्रियामा एकसय जना सहभागी रहने छन् । आयोजकले नाम दर्ता गर्न सहभागी हुन चाहनेलाई अनुरोध गरेको छ । अन्तर्क्रिया कार्यक्रममा निशुल्क प्रवेसको व्यवस्था छ ।