बिर्तामोड । झापामा फेरि प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिका-६ काटाचोकबाट प्रतिबन्धित ओेेैषधिसहित घरधनी बिष्णु प्रसाद बगाले र दमक नगरपालिका-६ का गंगाबहादुर खढ्का पक्राउ परेका हुन् ।
बगालेको घरबाट ट्रामाडोल हाईड्रो क्लोराइड-५० लेखिएको ३ हजार क्याप्सुल, डाइक्लोमाइन हाईड्रोक्लोराइ ट्याब्लेट २ हजार ११० ट्याबलेट र स्पास्पेन लेखिएको २ हजार ५० ट्याबलेट बरामद भएको छ ।
गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको टोलीले उक्त घरमा तलासी लिने क्रममा घरधनी बगाले र खड्कासहित प्रतिबन्धित लागूऔषध नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खड्का दमक मेडिकल डिस्टिब्युटर्सका सञ्चालकसमेत हुन् । उनीहरु दुबैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।
केहिदिन अघि बिर्तामोडबाट प्रहरीले हालसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको थियो ।


















