बिर्तामाेड । माईखाेलाले बगाउँदा झापाकाे शिवसताक्षीका एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कन्काई नगरपालिका-५ बस्ने वर्ष अन्दाजी ६० को चन्द्र बहादुर बि.क. रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

आज दिउँसाे साढे ११ बजे माई खाेलामा दाउरा निकाल्ने क्रममा बिकलाई खाेलाले बगाएकाे थियाे । स्थानीयकाे सहयाेगमा प्रहरीले उनकाे खाेजी कार्य गरिरहेकाे जनाएकाे छ ।