झापा । भद्रपुरका मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-४ तारानगर स्थित भित्रि सडक खण्डमा भद्रपुरबाट तारानगर तर्फ जादै गरेको प्र.१-०१-०१६ प ५४६४ न.को मोटरसाइकलले सोही स्थानका समिर रायमाझीको छोरी वर्ष ४ की इन्दु रायमाझीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी नाबालिकाको उपचारका क्रममा आज ७:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















