बिर्तामोड । पाँचथरको कुम्मायक-३ कात्तिकेमा गाडि भिरबाट खसेको छ । स्थानीयका अनुसार अत्याधिक चिप्लो सडक भएका कारण गाडि खसेर बेपत्ता भएको हो ।
धरानबाट जाँदै गरेको बोलेरो जिप भिरबाट खसेको जनाइएको छ । जिप सडकबाट ५ सय मिटर तल झरेको छ ।
घटनास्थलमा अहिले प्रहरी पुग्न लागेको छ । दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति हुनसक्ने आकलन प्रहरीको छ ।


















