बिर्तामोड । झापाको बिर्तामोडमा दुईजनाको ज्यान जानेगरी भएको सवारी दुर्घटनाका चालकको पनि मृत्यु भएको छ ।

असोज १६ गते बिहान ९:३० बजेको समयमा बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टि-स्टेट अगाडि बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रु बाहक बस आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा कण्डक्टरसहित २ जनाको मृत्यु र १३ जना घाईते भएका थिए । घाइतेमध्ये बस चालक मोरङको बिराटनगर महानगरपालिका-२ बस्ने बर्ष-४५ को मुकुन्द बिकको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।