दमक । झापाको दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रको एक टहरामा अन्दाजी ५०–५५ वर्षको पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।
आज टिनको छानो भएको गाईवस्तु राख्ने टहराको पानी खाने नालीभित्र एक पुरुषको शव रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीका अनुसार मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा मृतकको दाहिने गालामा धारिलो हतियारको प्रहार भएको जस्तो देखिएको छ । घटनास्थलमा कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















