झापा । ताप्लेजुङकाे पाथिभरा याङवरक गाउँपालिका-१ स्थित मेची राजमार्गमा आज बिहान सुमाे दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
प्र.१-०२-००१ ज ४३२२ नम्बरको सुमाे गाडी ब्रेक फेल भएर दुर्घटना भएको उक्त गाडीमा सवार ८ जना मध्ये ५ जना घाईते भएको प्रहरीले जनाएकाे छ ।
घाइते हुनेमा धनकुटाकाे सहिदभुमि गाउँपालिका-५ बस्ने शुशिला लिम्बु , उनका छाेरा सुदाहाङ राई, ताप्लेजुङकाे पाथिभरा याङवारक ३ बस्ने नुमा लिम्बु, सेसेमा लिम्बुको र ताप्लेजुङकाे फुङलिङ नगरपालिका-३ बस्ने इन्द्र माया मादेन रहेका छन् ।


















