बिर्तामोड । सगरमाथा आधार शिविरमा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ ।
बिहीबार बिहान ७:३० बजे सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउपालिका-४ दिङबुचे स्थित एभरेस्ट भ्यु ट्रेक एण्ड एक्सपेडिसन नामको कम्पनी मार्फत नेपाल भ्रमण गर्न आएकी भारतीय पर्यटक ४९ बर्षकी पुर्णिमा अजय पोहकारको लेक लागेर मृत्यु भएको हो ।
सगरमाथा आधार शिविर भ्रमण गर्न जाने क्रममा अचानक लेक लागेर बिरामी भएको उनलाई आज बिहान डाइनेष्टिक हेलिकप्टर द्वारा लुक्ला स्थित पासाङल्हामु निकोल निक्की अस्पतालमा ल्याएर उपचार भईरहेको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


















