बिर्तामोड । न्यून आय भएका बिरामीलाई उपचारको उपयुक्त गन्तव्य मानिएको बिर्तामोडको कन्काई हस्पिटल अत्याधुनिक उपकरणसहित नयाँ भवनबाट सञ्चालनमा आउने भएको छ ।

Messenger_creation_6254FB77-E0D1-49A6-B755-B9FF1033E37A

बिर्तामोडको दोस्रो हस्पिटलका रुपमा स्थापित कन्काईले आफुलाई परिस्कृत गर्दै नयाँ भवनबाट सेवा सुरु गर्न लागेको हो ।  हाल सञ्चालन रहेको भवनबाट पूर्व बिर्तामोडस्थित सिटी सेन्टर अगाडि रहेको भवनबाट हस्पिटलले सेवा दिने तयारी गरेको अध्यक्ष युवराज डाँगीले जानकारी दिए । 

हस्पिटलले यसै सातादेखि अत्याधुनिक सेवासहित नयाँ भवनबाट उपचार सेवा दिने अध्यक्ष डाँगीले जानकारी दिए । बिरामीका लागि आधुनिक तथा गुणस्तरीय सेवा दिदै आएको हस्पिटल बिरामीको रोजाईको हस्पिटल हो । नयाँ भवनबाट लिफ्टसहितको सेवा दिने अध्यक्ष डाँगीको भनाई छ । 

इमरजेन्सी सेवा अन्तरगत मेरुदण्ड, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजात तथा बालरोग, नाक, कान, घाँटी, यौन तथा छाला रोग लगायतका अन्य विभिन्न उपचार सेवाहरुका दिइरहेको छ । 

'विशेषज्ञ सेवा, हाम्रो प्रतिबद्धता, सबैको पहुँचमा हाम्रो स्वास्थ्य सेवा' भन्ने मुल नाराका साथ स्थापना भएको हस्पिटलमा स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, जनरल ल्याप्रोस्कोपिक सर्जन, गाइनोकोलोजी, रुमेटोलोजी, हेपाटोलोजी सर्जन, पेडियाट्रिक, कार्डियोलोजी, रेडियोलोजी, एनेस्थेटिक, फिजियोसिटी स्क्यानलगायतका सेवाहरु हस्पिटलमा उपलब्ध रहेका छन् । 

उक्त सेवाहरुलाई अझ अत्याधुनिक साथै गुणस्तरीय बनाएर सेवा दिने हस्पिटलको तयारी रहेको छ । 

तस्विर : सुवास लेप्चा