झापा । दमकमा बन्द रहेको तुलसी सहकारी संस्थाको कार्यालयमा आगजनी गर्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-४ बस्ने आकाश खड्का, दमक-९ का आकाश सोरेन, धनकुटाको पाख्रिबास-८ का सुजन दर्जी र उर्लाबारी-१ बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरू हाल बन्द रहेको दमक-९ मा रहेको सो सहकारी संस्थाको भवनको सटर आगो लगाई तोड फोड्दै गर्ने क्रममा पक्राउ परेका थिए ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सटर फोड्न प्रयोग हुने फलामको औजार पिलास थान-१,फलाम काट्ने कैँची थान-१, काँटी उखाल्न प्रयोग हुने फलामको रड थान-१, हथौडा थान-१ पुन्यु थान-१, र आगजनी गर्न ल्याइएको पेट्रोल नियन्त्रणमा लिएको जनाएको छ ।