बिर्तामोड । पूर्वको प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखालाई कालोपत्र सडकले छोएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा झण्डै तीन किलोमिटर लामो सडक कालो पत्रे भएको हो ।

domukha 3

शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रुपैंयाँबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाईको कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।

domukha 2

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माईधार –दोमुखा सडक कालो पत्रे गर्नमा धेरै बाधा व्यवधानहरु बीच भएपनि काम सम्पन्न भएको बताए । सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्डको काममा समय लाग्ने नगर प्रमुख थोप्राको भनाई छ ।

नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रुपमा पनि यो सडकलाई राखेका थिए । आफु नगरप्रमुख भएको करिब एक वर्षमा उक्त सडक कालो पत्रे गरेर जनतासँग गरेको बाचा पुरा गरेको उनले बताएका छन् ।

शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले बिस २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरन्नति हुन सकेको थिएन । करिव ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो ।

domukha 1

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार नै भएको बताइएकी छन् । सडक निर्माणका क्रममा केही कमी कमजोरी देखिएकाले पुनः त्यसलाई सच्याएर सडक निर्माण अगाडी बढाएका थियौ । उनले भनिन् सडक भित्र बनाइएका कल्भर्डहरुका साइडमा लगाइने वाल नक्सामा भन्दा बढी लगाउनु पर्ने भएकाले त्यसलाई संसोधन गरी पुरा वाल लगाएर काम गरिने बताइन् । हाल सडक कालो पत्रेको काम मात्र सकिएको छ । थप कल्भर्डहरुको काम सकिएपछि मात्र पूर्ण रुपले सडकको काम पुरा हुने उपप्रमुख कार्कीको भनाई छ ।

सडक निर्माणमा वडा नं. १० ले विशेष निगरानी गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगुले निरन्तर खबरदारी र निगरानीका बीच सडक कालो पत्रे भएको बताए । हामी दिनहुँ निर्माण स्थलमै हुन्छौ । उनले भने, वडाका काम बाहेकका समय यही विताएका छौ । सडकमा पछि देखिने कमजोरीहरुलाई निर्माण गर्दा नै सुधार गर्नका लागि परेका थियौ । 

माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरुले सास्ती व्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा थप बृद्धि हुने अपेक्षा गरिएको छ ।