झापा । भारतबाट भन्सार छलेर ल्याएको अवस्थामा प्रहरीले मेचीनगरबाट १० लाख मुल्यको कपडा बरामद गरेको छ । 

बिहान ६ बजे प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल तिरिङ झापाबाट सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले  कपडा बरामद गरेको हो । 

मेचीनगर नगरपालिका वडा नम्वर–१ भालुखोप स्थितबाट भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदैं गरेको १० बोरा कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार भन्दले जानकारी दिए । बरामद भएको कपडामा झ्याल, ढोकाको पर्दा १ हजार ७५८ पिस र मोजा ३७८ पिस रहेको उनले बताए ।