बिर्तामोड । बंगलादेशमा चलिरहेको हिंसात्मक आन्दोलनका कारण त्यहा अध्ययन गर्न गएका नेपाली विद्यार्थी नेपाल फर्किने क्रम जारी रहेको छ ।

सोमबार सम्ममा १ हजार २३२ जना बिद्यार्थी स्थलमार्गबाट नेपाल फर्किएको बताइको छ । जसमा पुरुष ७५३ र महिला ४७९ जना रहेको बताइएको छ । 

बंगलादेशका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिने कानुनको बिरोध गर्दै बिद्यार्थीद्वारा जारी आन्दोलन हिंसात्मक बनेको छ । हिंसात्मक आन्दोलनमा परेर त्यहां  सयौंले ज्यान गुमाएका छन् । 

बिद्यार्थी आन्दोलन नियन्त्रण बाहिर गएपछि त्यहांका प्रधानमन्त्री शेख हसिना भारतमा शरण लिएर बसेकी छन् । बंगलादेशको सेनाले सत्ता हातमा लिएको छ भने प्रतिपक्षी दलसहित नागरिक समाजबाट मन्त्रीमण्डल गठन हुने बताएको छ ।