झापा । कन्काई नगरपालिका-३ सेल्फिडाँडा जाने भित्री सडक खण्डबाट लागूऔषध ब्राउन सुगरसहित बिर्तामाेडका दुईजना पक्राउ परेका छन् । 

कनकाईबाट बिर्तामोड-२ बस्ने भुपेन्द्र सिंह राजवंशी आशिका नेम्वाङ लिम्बु पक्राउ परेका हुन् । उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा नेम्वाङकाे साथबाट ५६० मिलिग्राम ब्राउन सु्गर बरामद भएकाे प्रहरीले जनाएकाे छ । यसैगरी सँगै रहेका राजवंशीको साथबाट नगद २ हजार १०० फेला परेको छ । 

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका  प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको  बताएकाे छ ।