अनुप शर्मा /

बंगलादेशको राजनीतिक उथल–पुथलपछि त्यसको असर नेपालमा समेत पर्न सुरु भएको छ । नेपाल र बंलगलादेशको व्यापारमा परेको असरका बावजुद नेपालमा त्यसको राजनीतिक असर पनि पर्ने सम्भावना बढेको देखिन्छ । 

नेपालको पुर्वी नाका काँकडभिट्टाबाट भारतको पश्चिम बंगाल हुँदै बंगलादेशको नाका फुलबारीको दुरी ३५ किलोमिटर छ । जुन ५० मिनेटको स्थल यात्राबाट पुग्न सकिन्छ । यस्तै भद्रपुर नाकाबाट ५६ किलोमिटरको यात्रामा फुलबारी पुग्न सकिन्छ । 

यति नजिकैको देशमा हिंसात्मक आन्दोलन हुँदा त्यसको बाछिटा नेपालमा पनि पर्ने प्रवल सम्भावना छ । बंगलादेशबाट देश छोडेर भाग्ने नागरिक नेपाल प्रवेश गर्ने सम्भावनाका कारण त्यहाँको राजनीतिक उथल–पुथलको असर यहाँ पनि पर्ने सम्भावना बलियो छ । मंगलबार मात्र नेपाल प्रवेश गर्ने एक बंगलादेशी नागिरकलाई नेपाल प्रहरीले माेरङबाट फर्काएकाे छ । त्यसरी नै अन्य नागरिक पनि खुला सिमानाकाे फाइदा उठाउँदै नेपाल प्रवेश गरेकाे अवस्थामा नियन्त्रण गर्न गाह्राे हुने देखिन्छ । 

बंगलादेशमा १५ बर्ष यता अवामी लिगले शासन चलाएको थियो । जसको नेतृत्व शेख हसिना वाजिदले गरेकी थिइन् । उनी बंगलादेश स्वतन्त्रताका नेता शेख मुजिबुर रहमानकी छोरी हुन् । 

हसिनाले सरकारको नेतृत्व हातमा लिए लगत्तै बिपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (विएनपी) माथी आक्रामण सुरु गरेकी थिइन् । कुनै समयमा सैन्य शासन अन्त्यका लागि सहकार्य गरेका बिएनपीका प्रमुख नेता तथा पुर्व प्रधानमन्त्री खालिदा जियालाई उनले सन २्र०१८ मा जेल सजाय दिलाएकी थिइन् । त्यसपछि २०२० देखि हालसम्म उनलाई घरमै नजरबन्द गरिएको थियो । 

हसिनाले शासन अवधिमा विएनपीका नेताहरुमाथी चर्काे दमन गरेकी थिइन् । उनले विएनपीका कतिपय नेतालाई भ्रष्टाचारको आरोप लगाएर जेलमै सडाएकी थिइन् । विएनपीप्रति कठोर हसिना नेतृत्वको सत्ता अन्तत बिद्यार्थी आन्दोलनले पतन गराएको छ । 

स न १९७१ मा बंगलादेश स्वतन्त्र भएको थियो । त्यो बेलाका स्वतन्त्रता सेनानी परिवारलाई सरकारी कोटा उपलब्ध गराउने उनको क्याबिनेटको निर्णय नै उनको पतनको प्रमुख कारण बन्यो । अन्तत हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतमा शरण लिएर बसेकी छन् ।  

हसिनाको राजीनामा पछि बंगलादेशमा अहिले राजनीतिक शुन्यता उत्पन्न भएको छ । बंगलादेशमा सरकार नभएको आज दुई दिन भइसकेको छ । आन्दोलनरत बिद्यार्थीहरुले लघुवित्तका परिकल्पनाकार तथा सन २००६ को नोबेल शान्ति पुरस्कार बिजेता मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दवाद दिइरहेका छन् । 

त्यहाँको सेनाले भने युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउने बताएको छ । सेनाप्रमुख वाकर उज जमानले युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार चयन गर्ने बताएका छन् । आन्दोलनरत बिद्यार्थीका नेता नदिम ईस्लाम लगायतको समुहसँगै बाक्लै छलफल गरिरहेका सेनाप्रमुखले निकास निकाल्न तयार रहेको बिभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिएका छन् । 

पुर्व प्रधानमन्त्री हसिना र उनको दल अवामी लिग धार्मिक अल्पसंख्यकको पक्षमा थियो । हसिनाको सासनकालमा हिन्दु समुदायका नागरिकले पनि आथिक, राजनीतिक तथा सांस्कृतिक अधिकार पाएका थिए । खासमा बंगलादेशलाई धर्म निरपेक्ष राष्ट्र बनाउन अवामी लिगको प्रमुख भूमिका रहेको थियो । 

हसिनाको राजीनामा पछि बंगलादेशमा अल्पसंख्यक समुदायमाथी दमन बढेको छ । त्यहाँका सयौं हिन्दु मन्दिर भत्काइएको छ । उनीहरुको घर तोडफोड गरिएको छ । घरमा भएका सर सामान चोरी गरिएको छ । त्यहाँ ९१ प्रतिशत मुस्लिम, ७ प्रतिशत हिन्दु, १ प्रतिशतभन्दा कम्ती बुद्धिष्ट, इसाई र अन्य छन् । 

बंगलादेशमै रहेका हिन्दु समुदायका एकजना व्यवसायीले धेरै टर्चरको सामना गरिरहेको बताएका छन् । बिसुदानन्द अचार्जी नामका भएका उनले भगवानले चाहेमात्र आफुहरुलाई बचाउन सक्ने भन्दै अब बंगलादेशमा अल्पसंख्यक समुदायमाथी अत्याचार सुरु भइसकेको जानकारी दिए । 

धार्मिक अल्पसंख्यक मात्र होइन । हसिना नेतृत्वको अवामी लिगका नेता तथा कार्यकर्ताहरुलाई छानी छानी आक्रामण गरिएको त्यहाँका सञ्चारमाध्य द डेली स्टार र न्यु एजले छापेका छन् । हालसम्म अवामी लिगका २० जना नेताको हत्या भइसकेको बताइएको छ । 

अवामी लिगका नेता तथा कार्यकर्ता माथी आक्रामण हुन थालेपछि उनीहरु देश छोडेर भाग्ने क्रम जारी छ । कतिपय नेताहरुले छिमेकी देश भारतमा शरण लिन थालेका छन भने कतिपय नेताहरु तेस्रो मुलुकतर्फ लागेका छन् । पछिल्लो समयमा अन्य देशमा हिडेका अवामी लिगका दजैनौ नेतालाई पक्राउ गरेर नजरबन्दमा राखेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।  

अवामी लिगको पतनपछि त्यहाँ वीएनपी र जमात–ए–इस्लामी हाबी हुने भएका छन् । आवरणमा बिद्यार्थी आन्दोलन देखिएपनि यो नरसंहार दुबै पार्टीको डिजाइनमा भएको घाम जत्तिकै छर्लङग छ । यी दुबै पार्टी हिन्दु धर्मप्रति कठोर रहेका छन् । खासगरी भारतसँग सत्रुतापुर्ण सम्बन्ध रुचाउने यी दलहरु त्यहाँका हिन्दुहरुमाथी दमनमा उत्रिएका हुन् । 

बंगलादेशमा हिन्दु, इसाई, बुद्धिष्ट तथा अन्य धर्ममा आस्था राख्ने समुदायमाथी आक्रमण भए झण्डै डेढ करोड नागरिक प्रत्यक्ष प्रभावित हुने देखिन्छ । त्यसका अतिरिक्त अवामी लिगका चिनिएका नेता कार्यकर्ताहरुको संख्या थप्ने हो भने त यो संख्या थुप्रै करोड पुग्ने अवस्था रहेको छ । लगभग १८ करोड जनसंख्या भएको बंगलादेशमा पाकिस्तान तथा चिनलाई हेर्ने र भारतलाई हेर्ने दृष्टिकोणका बारेमा राजनीतिक दलबीच मतभेद रहँदै आएको छ । 

हसिना र उनको दल अवामी लिग भारतसँग नरम व्यवहार गथ्र्याे । भारतसँगकै व्यवहारका कारण अवामी लिगले हिन्दु समुदायप्रति सहिष्णुता देखाएको थियो । लगभग ५० बर्ष अघि उनका बाबु शेख मुजिबुर रहमानको हत्या हुँदा हसिना भारतमै शरण लिएर बसेकी थिइन् । शासनकालभरी भारतसँगको उनको सम्बन्ध उतार चढावयुक्त रहेन । 

वीएनपी र जमात–ए–इस्लामी भने पाकिस्तान परस्त भनेर चिनिन्छन् । उनीहरु अन्य समुदायप्रति कठोर छन् । त्यसका कारण अल्पसंख्यक समुदायका नागरिकले आगामी दिनमा असुरक्षा महसुस गर्न थालेका हुन् ।