बिर्तामाेड । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहसँग टकराव सुरु भएपछि बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीकाे फेसबुक पेजलाई अनफलाे गर्न थालेका छन् ।
याे समाचार तयार पारेकाे समय सम्म प्रधानमन्त्री ओलीका ७० हजार फलाेअर्स घटेका छन् । त्यसअघि प्रधानमन्त्री ओलीकाे फेसबुक पेजमा ६ लाख ६६ हजार फलाेअर्स थिए । मंगलबारदेखि सुरु भएकाे अनफलाे अभियान अन्तर्गत बुधबार बिहान १० बजेसम्म ५ लाख ९६ हजार फलाेअर्स रहेकाे पाइएकाे छ ।
प्रधानमन्त्री ओली र मेयर बालेनबिच सामाजिक सञ्जालमा वाकयुद्ध नै चलेकाे छ । मेयर शाहले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य समेत रहेकी रेखाकुमारी शर्माले एकजना बालिकालाई बालश्रममा लगाएकाे, कुटपिट गरेकाे, खान लाउन नदिएकाे पाइएपछि महानगरले उद्दार गरेकाे जनाएका छन् । उनले ओलीप्रति कटाक्ष गर्दै शर्मालाई कारवाही गर्न अनुराेध गरेका छन् ।
सांसद शर्माले बालिकाका बाबुलाई प्रयाेग गरेर अदालतमा मेरो छोरी महानगरले अपहरण गर्याे, बन्दी बनायाे भनेर रिट हालेका थिए । जुन रिट अदालतले खारेज गरिसकेकाे छ । साथै अदालतले बालिकाकाे शिक्षा दिक्षा र पालन पाेषण गर्नु भनेर आदेशसमेत दिइसकेकाे छ ।
मेयर शाहले 'प्रधानमन्त्री खडग प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला' भनेर कटाक्ष गरेका छन् । मेयर शाहसँगकाे टकरावका कारण प्रम ओलीलाई सामाजिक सञ्जालमा अनफलाे गर्ने अभियान चलेकाे हाे ।