बिर्तामोड । झापाको दोमुखामा पौडी खेल्ने क्रममा बिर्तामोडका एकजना युवाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ का १७ बर्षिय फिरोज खान रहेका छन् । घटनामा बिर्तामोड नगरपालिका-२ का १८ बर्षका उज्ववल राई बेपत्ता भएका छन् ।
सोमबार दिउँस अन्दाजी ३ बजेको समयमा खान र राईसमेत चारजना साथीहरु शिवसताक्षी नगरपलिका-१० दोमुखामा रहेको कन्काई माईखोलामा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा खान र राई खोलामा डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनास्थलमा पुगेर उनीहरुको खोजतलास सुरु गरेको थियो । खोजतलासका क्राममा बेलुका ५ बजेको समयमा खानको सव घटनास्थलबाट १०० मिटर दक्षिणमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राई भने हाल सम्म फेला नपरेकोले कोशी प्रदेश प्रहरी बिपद ब्यवस्थापन गुल्म चन्द्रगडी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेबाट टोली खटिई खोजतलास भईरहेको जनाइएको छ ।