बिर्तामोड । सवारी दुर्घटनामा हजुरबुबा र नातिनीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केरखामा रहेको ट्राफिक र प्रहरी बीटमा आगजनी गरेका छन् ।
उनीहरुले ढुङगामुडा गर्दै सो स्थानको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुडा, तोडफोड र आगजनी गरेका हुन् ।
स्थानीयले ढुङ्गामुडा गर्दा घटनास्थल नजिकै रहेको मे १ ख २७४४ नं. को न्यु सुर्योदय यातायात यात्रुबाहक बसको अगाडीको सिसा दुलो परि चर्किएको छ । सो बसको बायाँ साइडको झ्यालको ५ वटा सिसा फुटेको प्रहरीले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले २९ सेल अश्रुग्यास प्रहार गरेका थिए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फ ८ जना सामान्य घाइते भएको बताइएको छ ।
झापाबाट काठमाडौं जाँदै गरेको बिद्युतीय साईकलमा सवार १२ बर्षिय कृपा लिम्बू र उनका हजुरबुबालाई ठक्कर दिदा उनिहरुको घटनास्थलमै मृत्यु भएको थियो । मृतक नातिनी र हजुरबुबाको शव अहिले घटनास्थलमै रहेको छ ।