बिर्तामाेड । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे घर अगाडि शंकास्पद बस्तु फेला परेको छ । साे बस्तु नियन्त्रणका लागि चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाकाे टाेली घटनास्थलतर्फ लागेकाे बताइएकाे छ ।
गौरादह नगरपालिका-३, स्थित गौरादह - स्कुलचौन रोडमा रहेकाे कार्कीकाे घरकाे कम्पाउण्ड वाल बाहिर शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल सुरक्षित राखेर नेपाली सेनाकाे टाेलीलाई खबर गरेकाे बताएकाे छ । साे बस्तु कसले र कुन उदेश्यले राखेकाे हाे भन्ने थाहा नभएकाे प्रहरीले जनाएकाे छ । साे बस्तुकाे बाहिर पटी 'दुर्गा माताकाे जय' लेखेकाे पाइएकाे छ ।