बिर्तामाेड । बिर्तामाेडकाे मेची आँखा अस्पतालमा कानकाे उपचार सेवा थपिएकाे छ । लामाे समयदेखि आँखाकाे उपचार गर्दै आएकाे समुदायद्वारा सञ्चालित यस अस्पतालमा कानकाे उपचार सेवा समेत थपिएकाे हाे । 

उपचार सेवाकाे बिर्तामाेड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गरिन् । आँखा अस्पतालभित्रै कानकाे उपचार  गर्ने प्रबन्ध मिलाइएकाे अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानकाे उपचार सेवा थप गरिएकाे जानकारी दिए । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा‍. पुरुषाेत्तम जाेशीले प्रत्येक १ हजार जनामा ८२ जनाकाे आँखामा समस्या आउने गरेकाे बताए । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानकाे समस्या रहने गरेकाे बताए । आँखा र कानकाे उपचार सम्बन्धित बिराम भएकाे हुनाले कानकाे उपचार सेवा थप गरिएकाे उनकाे भनाई थियाे । 

यसअघि कानकाे उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएकाे उनले जानकारी दिए । अब दक्ष जनशक्तिकाे संलग्नतामा उपचार सेवा सुरु गरेपछि याे सेवा अस्पतालमै उपलब्ध हुने बताइएकाे छ । निकट भविष्यमा कानकाे अपरेसनद्वारा उपचार गर्ने सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पाेखरेलले बताए । 

बिर्तामाेड नगरपालिका-३ का वडाध्यक्ष मदन बुढाथाेकीले आफनाे वडामा रहेकाे अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गाैरवकाे कुरा भएकाे बताए । उनले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारकाे पहुँच पुर्याएकाेमा प्रशंसा समेत गरेका थिए ।