बिर्तामोड । एपोलो पेन्ट्स  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि गरेको छ । 

Messenger_creation_6E43CF14-1F0A-4D58-A00E-6EEF1E7C6B31

अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । 

यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने महोत्सव मूल  आयोजक समितिका सदस्य विपीन बजगाईले बताए । महोत्सवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो । 

माघ ८ गतेदेखि जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ साङ्गितिक प्रस्तुति दिँदै आएका छन् । 

आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सास्कृतिक कार्यक्रमसमेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।