बिर्तामोड । झापाको बिर्तामोडबाट प्रतिबन्धित लागू-औषधसहित अर्जुनधाराका दुईजना पक्राउ परेका छन् । 

गएराती अस्थायी प्रहरी बिट बिर्तामोड बसपार्कको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ बस्ने मनिष प्रधान र सोही स्थानका बिरेन उराउ छन् । 

उनीहरुको साथबाट प्रतिबन्धित लागू-औषध ब्राउन सुगर १ ग्राम ७२० मिलिग्राम, नगद१९ हजार ६००, भारतीय रुपैयाँ  ३७०,  आइटेल कम्पनीको मोबाईल १ थान फेला परेको प्रहरीले जनाएको छ।