बिर्तामाेड । झापाकाे बिर्तामाेडमा बिहीबार अर्काे सडेगलेकाे शव फेला परेकाे छ ।  बिर्तामाेडकाे धर्मकाँटा राेडमा अन्दाजी ४० बर्षका पुरुषकाे शव फेला परेकाे हाे । 

ईलाका प्रहरी कार्यालय बिर्तामाेडले शवकाे मुचुल्का गरेर पाेष्टमार्टमकाे लागि पठाएकाे जनाएकाे छ । करिब एक साता अघि मृत्यु भएकाे जस्ताे शव फेला परेकाे बताइएकाे छ । 

एभरेष्ट बैक पछाडिकाे कम्पाउण्ड गरेकाे जमिनमा रहेकाे टहरामा शव फेला परेकाे हाे । प्रहरीका अनुसार शवकाे पहिचान खुलेकाे छैन । केही दिन अगाडिसम्म त्यस स्थानमा मागेर खादै आएका व्यक्तिकाे मृत्यु भएकाे हुनसक्ने अनुमान स्थानीयकाे छ ।

यसअघि आज बिहान गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको थियाे ।

बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको शव पाँचथर रानीटार-२ का ३८ वर्षीय कुमार गुरुङकाे रहेकाे प्रहरीले जनाएकाे छ ।