बिर्तामाेड । झापाको गौरादहमा आफ्नै भतिजाकाे श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काका ससुरा पक्राउ परेका छन् ।

आज बिहान अन्दाजी ७.३० बजे गौरादह नगरपालिका-१ सितापुरी बस्ने ३४ वर्षीया कोपिला न्यौपानेलाई सोही ठाउँ बस्ने उनकै काका ससुरा धनप्रसाद न्यौपानेले लेनदेनको बिषयमा विवाद भई कुटपिट गरेका हुन् ।

सामान्य बिवाद हुँदा धनप्रसादले दाउराले घाँटी र हातमा प्रहार गरी कोपिलालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइतेलाई मेडिम्याक्स अस्पताल गौरादहमा ल्याई उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने धनप्रसादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।