बिर्तामोड । बैंकिङ कसूर मुद्धामा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ परेका छन् ।
बिर्तामोड-७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले बीएण्डबी हार्डवेयर सुरुङ्गाको २७ लाख ७५ हजार ५ सय रुपैयाँ नतिरेको भन्दै रोशन बिमलीले मुद्धा दायर गरेका थिए ।