बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ।

नगपालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो ।

भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने साथै पैदल यात्रु र सवारी साधनलाई समेत समस्या हुने गरेको छ । उक्त समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले बर्षात अगावै छतको पानीको निकास व्यवस्थापन गर्न घरधनीहरूलाई आग्रह गरेको हो। 

IMG-20250312-WA0000