बिर्तामाेड । झापा गाउॅंपालिका-४  टाघनडुब्बा बस्ने जिया तामाङको घरमा डेरा गरेर बस्दै आएको सोम्नी कोचको डेरामा आगलागी भएकाे छ ।

गएराती बिधुत लाईन सर्ट भएर आगलागी हुँदा  नगद २५ हजार, २५ मन धान, चाँदी २५ तोला, सुन  २ आना, लेडिज साईकल १ थान  र भाडाबर्तन पुर्ण रुपमा जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । 

 टिनको छानो र काठले बनेको एकतल्ले घरमा सल्किएकाे आगाे  नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिर्तामोड नगरपालिका दमकल, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयकाे सहयोगमा २ घण्टापछि नियन्त्रणमा आएकाे थियाे ।