बिर्तामाेड । जिल्ला प्रहरी कार्यालयले हाेलीका दिन सवारी िनयम उल्लंघन गरेर सञ्चालन भएका ३१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएकाे छ ।
बिहान ११ बजेसम्म प्रहरीले गरेकाे चेकजाँचमा ३१ वटा माेटरसाइकल नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयकाे सुचना डेस्कले जनाएकाे छ । तीनजना सवार रहेका, बिना हेल्मेट चलाएका,मादक पदार्थ, लागू औषध सेवन गरेर चलाएका सवारी साधनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएकाे छ ।
प्रहरीले होली मनाउने क्रममा कोही कसैको इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे एक अपिल जारी गर्दै इच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने काम गरे कानुनी कार्वाही गर्ने चेतावनीसमेत दिएको छ ।
प्रहरीले महिला तथा अपरिचित ब्यक्तिहरुसंग मन्जुरीबिना जबरजस्ती होली नखेल्न ,बालबालिकाहरुलाई होली खेल्ने ,खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न ,घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न, छतमा होली खेल्दा घरको छतबाट लडी घाइते एवं मृत्यु समेत हुन सक्ने भएकाले ख्याल गर्न, होली मनाउँदै जथाभावी लोला हान्दा यसले आपसी झै–झगडा बढाउने र अप्रिय घटनाहरु समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरु घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन अनुराेध गरेकाे छ ।
यसैगरी इच्छा नभएका र अलग उद्धेश्य लिएर काममा हिडेका ब्यक्तिहरुलाई जथाभावी रंग दल्ने, फोहोर पानीको लोला हान्ने काम नगर्न ,होली पर्व मनाउने बहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन ,होली खेल्ने बहानामा जथाभाबी भिडभाड नगर्न,अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन , होली खेल्ने बहानामा चोरी,लुटपाटजस्ता कार्यहरु समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स,मोबाइल,आफूले लगाएको गरगहना सुरक्षित राख्न आग्रह गरेको छ ।



















