बिर्तामोड । कनकाईमा फलामको पाइपले हानेर एक युवकलाई गंभीर घाइते बनाएका छन् । कन्काई –७ मन्सापुरका दुई युवाले वडा न ६ बस्ने आयुष भुजेललाई फलामको पाइपले प्रहार गरेका हुन् ।

गएराती अन्दाजी साढे  १० बजे भएको घटनामा संलग्न भएको अभियोगमा स्थानीय दिपक राई र सोही ठाउँ बस्ने सुजन राजवंशी पक्राउ परेका हुन् । उनीहरूले भुजेललाई फलामको पाइपले टाउकोमा प्रहार गरी गंभीर घाइते बनाएको प्रहरीको भनाई छ । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने राई र राजवंशीलाई फलामको पाइपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेेको जनाएको छ ।